हास्य कलाकार सिते बा पनि काठमाडौंको क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने

  भदौ १६, २०७९

मिडियाबाजी डटकम काठमाडौं । हास्य कलाकार मधुसुदन पाठक उर्फ सिते बा प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनले काठमाडौंको क्षेत्र नम्बर ५ बाट लौरो चुनाव चिन्ह लिएर चुनाव लड्न आँटेका हुन् ।

ललितपुरमा आज आयोजना भएको स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा मधुसुदन पनि उपस्थित थिए ।सक्किगोनीका अर्का कलाकार कुमार कट्टेल जिग्रीले पनि प्रतिनिधिसभामा उम्मेदवारी दिने चर्चा छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट लड्ने तयारी गरिरहेको समाचारहरु आएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर