मिडियाबाजी डटकम काठमाडौं,भाद्र १३। काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । सोमबार महानगरपालिकाको टोली न्यूरोडको विशाल बजार पुगेको छ ।
महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ।नक्सापास नै नगरी पार्किङ र अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू भत्काउने अभियानलाई महानगरले निरन्तरता दिएको छ ।
महानगरले आज न्यूरोड र बसन्तपुर क्षेत्रमा रहेका भवनहरूको बेसमेन्ट खाली गराइरहेको छ ।आजै महानगरले सुरज आर्केडलाई बेसमेन्ट खाली गराउन २४ घण्टे अल्टिमेटम दिएको छ।