आजदेखि राहदानी विभागको अण्डरग्राउण्ड सेवाग्राहीको पार्किङ सुबिधाको लागि

  भदौ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र १२। आजदेखि त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्डमा सेवाग्राहीहरूले पार्किङ गर्न पाएका छन् । राहदानी तथा अनय सेवाको लागि आउने सेवाग्राहीले विभागमा आजैदेखि पार्किङ गर्न पाएका हुन् ।यसअघि विभागले सेवाग्राहीका सवारीलाई भवनमा लगेर पार्किङ अनुमति दिएको थिएन ।

शुक्रबार काठमाडौँ महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएको थियो । योसँगै विभागले बाहिरका सडक वरिपरि अनावश्यक भीडभाड नगरदिन सेवाग्राहीहरूलाई अनुरोध समेत गरेको छ । विभागले आजदेखि राहदानी विभागमा लाइभ इनरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ । यस्तै विभागले आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर