मिडियाबाजी डटकम काठमाडौं भाद्र ११। शनिबार काठमाडौंको खुलामञ्चमा आयोजित उपत्यका भेलामा बोल्दै रवि लामिछानेले गठबन्धनलाई ठगीको संज्ञा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच दलीय गठबन्धन गरेर चुनाव लड्नुलाई ठगीको संज्ञा दिएका हुन्।
गठबन्धन चुनावमा नभई बेथिति जोगाउन, अराजताविरूद्ध न्याय जोगाउन, संविधानको रक्षा गर्न आवश्यक पर्ने बताए।‘सानो भएका दलहरू एक्लाएक्लै होइन मिलेर चुनाव लड्नका लागि आएका छन्। हो बेथितिविरूद्ध, देशमा अराजकता भयो भने न्याय जोगाउन, संविधानको रक्षा गर्न गठबन्धन आवश्कता पर्दछ। दलहरू मिल्नुपर्दछ, गठबन्धन हुनुपर्दछ,’ उनले भने।आम चुनावमा टुक्राटाक्री परेका पाँच-पाँच वटा दल, छ-छ वटा दल मिलेर एक भएर यसरी जनतामा जानु भनेको ठगी हो। यस्तो ठगीलाई नेपाली जनताले अनुमोदन गर्नुहुँदैन। राजनीतिक दल एक्लैएक्लै आउनुपर्छ,’ उनले भने।
उनले सत्ता गठबन्धनको बैठकमा पार्टीका दलहरूले दाबी गरेका सिटबारे पनि टिप्पणी गरेका छन्।‘१६५ ठाउँमा अहिले हिसाब गरेको देखेको थिएँ मैले। गठबन्धनकै दाबी जोड्दाखेरी २३३ जना पुग्नेभएछ। जबकी उहाँहरूलाई थाहा छ जम्मा १६५ चाहिन्छ भनेर। अब उस्तै पर्यो भने यी सबै दल मिलेर आफूलाई जति सिट चाहिने हो संशोधन गरेर त्यतिनै सिट संसदमा बनाउन समेत सक्नेछन्। हामी होसियार हुनुपर्नेछ,’ उनले भने।