मिडियाबाजी डटकम काठमाडौं भाद्र १०। सशस्त्र प्रहरी बलले ब्यारेकहरूमा सञ्चालित मेसहरूमा एलपी ग्याँस हटाएर विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्ने भएको छ । यसका लागि सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय चुलो (इन्डक्सन) प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा महानिरीक्षक अर्यालले देशभर उपस्थित सशस्त्र प्रहरीको जनशत्तिलाई मेस व्यवस्थापन गर्दा ठूलो परिमाणमा ग्याँस प्रयोग भइरहेकोले यसको सट्टामा विद्युतीय चुलो प्रयोग गर्न पाउनुलाई ठूलो अवसरको रुपमा लिइएको बताए ।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सशस्त्र प्रहरीको मेसमा विद्युतीय चुलोको प्रयोग गरिनु आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण कदम भएको बताए ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले एमओयूमा हस्ताक्षर गरे । विद्युतीय चुलोको प्रयोगबाट संगठनलाई मात्र नभई देशलाई नै फाइदा पुग्ने अर्यालले उल्लेख गरे ।