काठमाडौंको कलंकीमा रहेको खसीबजार हटाउन १५ दिने सूचना

  भदौ ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र २। काठमाडौं महानगरपालिका-१४ ,स्थित कलंकीमा रहेको खसी बजार १५ दिन भित्र हटाउन महानगरपालिकाले सूचना जारी गरेको छ । उजुरीपछि महानगरले गरेको वातावरणसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार खसी बजारले वातावरणमा गम्भीर असर परेको, फोहोर मैलाले जटिल समस्या सिर्जना गरेको उल्लेख छ ।

पढ्नुहोस् तलको सूचना:-

७ रोपनी ८ आना जग्गामा रहेको खसी बजारको वैकल्पिक व्यवस्था व्यवसायी आफैंले गर्नुपर्ने भन्दै खसी बजार नहटाए कानुन अनुसार हटाइने समेत सूचनामा उल्लेख छ । महानगरले बस्तीको बीचमा यस्ता प्रकृतिका व्यापारलाई निरुत्साहित गर्ने जनाएको छ । खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै सामूहिक उजुरी आएकोले खसी बजार हटाउन लागिएको महानगरले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर