मिडियाबाजी डटकम काठमाडौं,भाद्र २। काठमाडौंबाट थप ६० ट्रिपर फोहोर आज बन्चरेडाँडा पठाइएको छ।नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको सहयोगमा फोहोर लगिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
कुलेश्वरस्थित ट्रान्सफर सेन्टरबाट ६० टिपर फोहोर बन्चरेडाँडातर्फ लगिएको हो। तर फोहोर फाल्न भने आज पनि स्थानीयले अवरोध गरेका छन्। बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका छन्।