मिडियाबाजी डटकम काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको निगमले जनाएको छ । यसअघि पनि भारतीय आयल कर्पोरेसनले दुई पटक डिजेल र पेट्रोलको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।
तर, नेपाल आयल निगमले सो सयमा भने मूल्य घटाएको थिएन । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारीनै रहेको छ । यो भाउ अझै घट्ने अनुमान छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ ।