मिडियाबाजी डटकम काठमाडौं,श्रावण ३१। अरिङ्गालले टोकेर रोल्पामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका-१० धाँसीका ५४ वर्षीय जयबहादुर बुढामगरको अरिंगालले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बेलुका अरिंगाल पोल्ने क्रममा उनलाई अरिंगालले टोक्दा घाइते भएका थिए । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि रोल्पा अस्पतालमा भर्ना गरिएको थियो ।उपचारका क्रममा उनको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।