भारतका चर्चित लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन

  श्रावण २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं । भारतका चर्चित लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । भारतीय सेयर बजारमा ‘बिग बुल’ भनेर चिनिएका झुनझुनवाला पछिल्लो समय मृगौलासहित विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिए । 

सन् १९६० मा जन्मेका झुनझुनवालाले २५ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी गर्न थालेका थिए ।उनलाई भारतका ‘वारेन बफेट’ पनि भन्ने गरिएको छ । झुनझुनवालालाई फलो गरेर लगानी गर्नेहरुको संख्या पनि प्रसस्तै रहेको छ ।

झुनझुनवालाको अनुमानित नेटवर्थ ५.८ अर्ब डलर रहेको छ । उनी भारतीय अर्बपतिहरुको सूचीमा ३६ औ स्थानमा रहेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर