आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा अनुमानित दश अर्ब खर्च हुने

  श्रावण २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण २९।आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन आयोगले आज सम्पादकहरूसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनुमानति १० अर्ब खर्च हुने बताएका हुन् ।सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर