चीनबाट नेपाल छिर्ने दुवै स्थलका नाका ठप्प

  श्रावण २६, २०७९

मिडियाबाजी डटकम श्रावण २६ , काठमाडौं । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरूले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरूले जनाएका छन् ।

रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका एक भन्सार प्रमुखले बताए ।केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा बुधबार चिनियाँहरूले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले बताए ।‘औपचारिक कुनै जानकारी छैन, कोभिड-१९ बढेको मात्रै भनेको छन् । बुधबारदेखि नाका बन्द भएको छ,’ गौतमले भने, ‘सोमबार/मंगलबारसम्म नाका भएर २/३ वटा मालबहाक सवारी साधन आए पनि त्यो अहिले ठप्प छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर