मिडियाबाजी डटकम काठमाडौं,श्रावण २३। कान्ति बाल अस्पतालले विज्ञापन नगरी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाएको छ । ११ जना स्टाफ नर्स (पाचौं तह) र एक जना अनमीको भर्ना प्रक्रिया अघि बढाएको अस्पतालले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन ।
‘दश, प्रन्ध जना कर्मचारीको दरबन्दी खाली भएको छ । विज्ञापन खोल्ने भनेर हिजो बैठक बसेको थियो । अन्तर्वार्ता लिएको छैन,’ डा. बसौलाले भने, ‘यस विषयमा उपसचिव (भवनाथ खतिवडा) सँग बुझ्नुहोस् ।’अस्पतालका निर्देशक, उपसचिव तथा लेखा अधिकृतको मिलिमतोमा आन्तरिक रूपमा नै कर्मचारी नियुक्त गर्न लागिएको अस्पतालका कर्मचारीको आरोप छ ।‘
अस्पतालका जनशक्ति अभाव छ । तर, अस्पतालका निर्देशक, उपसचिव तथा लेखा अधिकृतले भागबन्डा नै लगाएर विज्ञापन नगरी कर्मचारी राख्न कति जायज हो ?’, ती कर्मचारीले अनलाइनखबरसँग भने, ‘कर्मचारी भर्नाका लागि आइतबार अन्तर्वार्ता लिइसकेका छ ।’अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कुनै कर्मचारी भर्ना नगरेको दावी गरे ।‘
अस्पतालको अस्थायी दरबन्दी स्वीकृतको प्रक्रियामा छ । त्यसका लागि पदपूर्ति समिति मार्फत करारमा विज्ञापन गर्न प्रक्रिया अगाडि बढेको छ । ती कर्मचारी लिइसक्दा दुई महिना जति लाग्ने भएकाले अहिले तत्काल सेवा सञ्चालनको लागि ज्यालादारीमा कर्मचारी राख्न लागेको हौं’, खतिवडाले भने अस्पतालको सेवा नै बन्द हुने अवस्थामा पुगेपछि एक–दुई महिनाका लागि ज्यालादारीमा कर्मचारी राख्न प्रक्रिया अगाडि बढाएको बताए ।