जनार्दन शर्माले बजेट भाषण अनुसार नै तलव बृद्धि गर्ने आश्वासन दिए

  श्रावण २३, २०७९

मिडियाबाजी डटकम काठमाडौं। २३ साउन । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण अनुसार नै तलव बृद्धि गर्ने आश्वासन दिएका छन् । अर्थमन्त्री शर्मालाई भेट्न पुगेका ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा बजेट भाषण अनुसार नै तलव वृद्धि गर्ने शर्माले बताएका हुन् ।

कर्मचारीका नेताहरुले मन्त्री शर्मालाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए । अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै तलव वृद्धि गर्ने बताएको स्रोतले जनाएको छ ।गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–८० को बजेटमा सबै कर्मचारीहरुको तलव १५ प्रतिशत बढाइने उल्लेख गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर