काभ्रेबाट करिब २ लाखसहित १० जुवाडे पक्राउ

  श्रावण २१, २०७९

मिडियाबाजी डटकम काठमाडौँ,श्रावण २१। जुवा खेलिरहेको अवस्थामा १० जना जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका-१०, पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ ,बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठलगायत १० जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले एक लाख ९६ हजार ३६० रुपैयाँसहित फेला पारेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर