मिडियाबाजी डटकम काठमाडौं ,श्रावण २०। सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव मरासिनीलाई अर्थमन्त्रलायबाट सरुवा गर्ने निर्णय गरेको छ ।बजेट निर्माणसम्बन्धी विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्रालयमा फर्किएपछि उनी बिदामा बसेका थिए । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै विवाद भएपछि उनी बिदामा बसेका थिए । तर, मन्त्री शर्माले राजिनामा दिएपछि उनी अर्थमन्त्रालयमा आएका थिए । पछि फेरि शर्मा अर्थमन्त्रालयमा फर्किएपछि उनी बिदामा बसेका थिए । सचिव मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तानिएको छ । अर्थमन्त्री शर्माले उद्योग सचिव अर्जुन पोखरेललाई अर्थ सचिव बनाउने तयारी गरिरहेको बुझिएको छ । तत्कालका लागि अर्थसचिवकाे जिम्मेवारी सम्हाल्न राजस्व सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय पनि सरकारले गरेकाे छ ।