निगमबाट इन्धनको मूल्य नघट्ने विज्ञप्ति जारी

  श्रावण १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण १८। नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ । निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको छ ।

निगमको विज्ञप्ति पढ्नुहोस् :–

‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आईओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । महँगो इन्धनको खपत कम गर्नका लागि सर्वसाधरणलाई निगमले अनुरोध समेत गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर