मुम्बई जान लागेको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई पक्राउ

  श्रावण १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सीआईबीले काठमाडौंबाट बुधबार (आज) १ः१० मा भारतको मुम्बई उड्न लागेका नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजबाट शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।श्रीमान–श्रीमतीका रूपमा पहिचान खुलेका उक्त ब्यक्तिहरु कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको थियो ।पक्राउ परेका ब्यक्तिहरुको नाम र ठेगाना भने उल्लेख गरिएको छैन । प्रवक्ता खड्काका अनुसार केही बेरमा जहाज उड्नेछ । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर