पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि

  श्रावण १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं । साउन लागेयता कोरोना भाइरस संक्रमण फेरि फैलिन थालेको छ ।  कतिपयले कोरोनाको चौथो लहर सुरु भएको पनि बताइरहेका छन् । यसैक्रममा पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षण गर्दा कुल ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यसमध्‍ये २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, २ हजार ६५३ जनाको एन्टिजेन परीक्षण गर्दा त्यसमध्ये ३०५ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी गराएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २९९ जना संक्रमणमुक्त भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर