करारमा कार्यरत कर्मचारी हटाइएकोमा एमाले आपत्ति

  श्रावण १३, २०७९

मिडियाबाजी डटकम१३ साउन, काटमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको भन्दै आपत्ति जनाएको छ ।एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकार स्थायी कर्मचारीहरूको संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको बताए ।

उनले भनेका छन्, ‘एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रिया विपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भत्र्सना गर्छ ।’एमालेले सबै कर्मचारीहरूलाई नियमित रुपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर