चन्द्रागिरीमा आतङ्क मच्चाउने राँगोलाई गोली हानी मारियो

  श्रावण १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, श्रावण १३। काठमाडौंको चन्द्रागिरि नगरपालिका – ४,गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान साढे ३ बजेतिर झार्ने क्रममा भागेको थियो ।

राँगो त्रिभुवनपार्क, गोदामचौर हुँदै झन्डै तीन किलोमिटर भागेपछि बारीमा पसेको थियो । भागेर आतङ्क मच्चाएको राँगाेलाई  झन्डै चार घण्टापछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर