मिडियाबाजी डटकम काठमाडौं श्रावण ११।२०७८ सालको एसईईको नतिजा आज अपरान्हसम्ममा सार्वजनिक गरिने भएको छ । २०७८ को एसईईको नतिजा इडियुसञ्जालबाट हेर्न तथा प्राप्त गर्न सकिने भएको छ । एडियुसञ्जालको वेबसाइट अन्तर्गत see.edusanjal.com मा हेर्न मिल्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यो वर्षको कक्षा १० अर्थात् एसईई परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी छन् । गत ९ देखि २० वैशाखसम्म देशभर एकसाथ २ हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
एसईई परीक्षामा सहभागी कुनै परीक्षार्थीले ३५ प्रतिशत प्राप्त नगरे फेल हुने भएको छ । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ ।