गाई चुनाव चिह्न कसैलाई नदिन सर्वोच्चको आदेश

  श्रावण ०९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण ९। सर्वोच्च अदालतले गाई चुनाव चिह्न कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।आइतबार न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई र डा. कुमार चुँडालको संयुक्त इजलासले गाई चुनाव चिह्न कुनै दललाई पनि प्रदान नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर आयोगले असार २९ गते राप्रपा नेपाललाई पत्र लेख्दै गाई चुनाव चिह्न दिन नमिल्ने जानकारी गराएको थियो ।निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध राप्रपा नेपालले सर्वोच्चमा रिट दिएको थियो । सर्वोच्चले यो विवाद चाँडै निरुपण गर्नुपर्ने देखिएको भन्दै म्याद थाम्न र सुनुवाइ स्थगित गर्न नपाउने गरी एक हप्ताभित्रै पूर्ण सुनुवाईमा पेश गर्न आदेश दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर