मिडियाबाजी डटकम काठमाडौं, ९ श्रावण । महिला पर्यटन व्यवसायीहरुको हकहितका निम्ति “महिला पर्यटन व्यवसायी सञ्जाल” को स्थापना भएको छ । सञ्जालको अध्यक्षमा निर्मला धमला, उपाध्यक्षमा जया बराल र लिमा शेर्पा, महासचिवमा शर्मिला काफ्ले, सचिवमा एन्जिला खड्का, कोषाध्यक्षमा सकुन्तला देवकोटा, सह – कोषाध्यक्षमा स्विटी मानन्धर र सदस्यहरूमा अनुपा अधिकारी, सुष्मा तामाङ, लक्ष्मी कार्की र सुनिता गुरुङ्ग रहेको छ ।
महिला पर्यटन व्यवसायीको न्यून सहभागिता रहेकोले महिलाहरूलाई पर्यटन व्यवसायमा लाग्न प्रेरित गर्ने र व्यवसायीको हकहितमा कार्य गर्ने उदेश्यले सो सञ्जालको स्थापना भएको हो ।अध्यक्ष निर्मला धमलाले -“यस सञ्जालले विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्ने, सफल महिला पर्यटन व्यवसायीहरूसँग भेटघाट गर्ने र महिला पर्यटन व्यवसायीहरूले स्थापना भएका संस्थाहरूको भ्रमण गर्ने गराउनेका साथै पर्यटन बोर्ड र नेपाल सरकारसँग सहकार्य र सम्पर्क बढाउन हाम्रो पहल रहनेछ” उनलेे भनिन् ।