टानको अध्यक्षमा कमल सापकोटाको उम्मेदवारी

  श्रावण ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं ,श्रावण ८। काठमाडौं । आसन्न साउन ३० गते हुन गइरहेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वको लागि अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी राम सापकोटा (कमल) ले उम्मेदवारी दिने भएका छन् । माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरूको समग्र सहमतिमा टानको अध्यक्षमा कमल सापकोटालाई अगाडी सारिएको एक पर्यटन व्यवसायीले बताए ।

सापकोटा एक सफल पर्यटन व्यवसायीको रुपमा परिचित छन् । पर्यटन व्यवसायीहरूको हकहितका लागि सधैं अहोरात्र खट्दछन् ऊनी । ऊनीसंग नेपालको पर्यटन क्षेत्र बारे राम्रो अनुभव हुनुका साथै अगामी नेतृत्वका लागि कार्य योजनाहरू प्रसस्तै रहेका छन् । नेपालको पर्यटन र पर्यटन व्यवसायीहरूलाई थप व्यवस्थित र मर्यादित बनाउने उनको पहिलो योजना रहेको छ । साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’, पर्यटन वर्ष पुरुष २०१७ को अवार्ड जस्ता महत्वपूर्ण सम्मान पाएका सापकोटा गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालको पूर्व अध्यक्ष समेत हुन् । यद्यपी उनको औपचारिक घोषणा भने आउन अझै बाँकी रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर