अवको पत्रकारिता आधुनिक हुनुपर्छ – प्रधानमन्त्री देउवा

  श्रावण ०६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण ६। प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ तथा आधुनिक पत्रकारिता आजको युगको आवश्यकता रहेको बताएका छन् ।उनले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको समेत बताए ।

हेटौंडामा आजबाट सुरु भएको नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले नयाँ टेक्नोलोजीको सुरुवात भएको भन्दै स्वतन्त्रताको नाममा पत्रकारले उत्तरदायित्व भुल्न नहुने समेत बताए ।पत्रकार जगत उत्तरदायी भए समाज सहि गतिमा अघि बढ्ने भन्दै प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्रले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर