माओवादी केन्द्रद्वारा कर्णाली प्रदेशको बैठक वहिष्कार

  श्रावण ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण ३। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । यसअघिको सरकारले गरेका कामहरू कटौती गरेको भन्दै माओवादी केन्द्रले माओवादी केन्द्रले प्रदेशसभाको बैठक बहिस्कार गरेको हो ।सरकार र प्रदेशसभामा आफ्नो पार्टीको कामलाई पूर्णरुपमा असहयोग गरेकाले बैठक बहिस्कार गरेको प्रदेशसभा सदस्य गोपाल शर्माले बताए ।

उनले घाइते, अपाङ्गलाई जीवन निर्वाह व्यवस्था, अर्थ तथा प्राकृतिक स्रोत साधन समितिलाई पूर्णता दिने काम समेत बीचमै अलपत्र पारिएको आरोप लगाए । उनले माओवादी केन्द्रको भागमा परेका सबै काममा असहयोग गर्नु र माथिको आदेश भन्दै सचिवालयमा दर्ता समेत गर्न अस्वीकार गर्ने गरेको बताए । आफूहरुले उठाएका मागको हल नभए सदनमा उपस्थित नहुने उनले बताए ।

सरकारले सदनमा माओवादीलाई निषेध गर्न खोजिएका कारण आफूहरु सदनमा सहभागी हुन नसक्ने उनले बताए । उनले नेपाली काँग्रेस सरकार र सदनमा एक्लै हिड्न खोजेको आरोप लगाए ।

तपाईंको प्रतिक्रिया

थप खबर