बालेन्द्र साहले हाले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजन विरूद्ध काउन्सिलमा उजुरी

  श्रावण ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं श्रावण ३। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी हालेका हुन् ।

हेर्नजहोस् उजुरीको व्यहोरा

केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९/८० को बजेट उपलब्ध गराएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेको थियो । उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरले कुनै अमुक संस्थालाई बजेट नछुट्याएको समेत जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर