एआईजी पोखरेलले दिए राजीनामा

  श्रावण ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण २। नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । गत शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिएका हुन् ।

सरकारले सिंहलाई आईजीपी बनाए लगतै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आईजीपी सिंहले स्वीकार गरेनन् । तर एआईजी पोखरेल कार्यालय नै गएनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिएका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ ।

तपाईंको प्रतिक्रिया

थप खबर