मिडियाबाजी डटकम काठमाडौं,आषाढ ३२। काठमाडौं महानगरपालिकाले अब कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ। श्रावण १ गतेबाट लागु हुने गरी निकालिएको सूचना तथा अनुरोध पत्रमा लेखिएअनुसार काठमाडौं महानगरपालिकाले कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गरिने भएको छ।
पढ्नुहोस् तलको अनुरोध तथा सूचनापत्र :-
काठमाडौं महानगरपालिका बासीले छुट्टाछुट्टै तरिकाले फोहोर संकलनको लागि नदिएमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक संरक्षण ऐन २०७७’ को दफा ५१ (थ) तथा ‘फोहोरमैला व्यवस्थापन ऐन २०६८ ‘को दफा ३८ (थ) बमोजिमको कसुर मानी पटकैपिच्छे रू. ५०० जरिवाना गरिने व्यहोरा अनुरोध तथा सूचनापत्रमा उल्लेख गरिएको छ।