विश्वराज पोखरेलको रिट खारेज

  असार ३१, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई गरिएको नियुक्त कानुनसम्मत नभएको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले विश्वराज पोखरेलको रिट खारेज हुने फैसला गरेको हो ।

पोखरेलले आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै मुद्दा दायर गरेका थिए । पोखरेल आईजीपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसयता काममा फर्किएका छैनन् । अब एक महिना कार्यकाल बाँकी रहेका उनले राजीनामा दिने सम्भावना छ ।

तपाईंको प्रतिक्रिया

थप खबर