मिडियाबाजी डटकम काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् । यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले आफ्नै उम्मेदवार उठाएको हो ।
अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको छ ।सांसद भट्टराई कास्कीबाट निर्वाचित हुन् ।भोलि दिउँसो ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ ।