ललितपुरमा  ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

  असार ३०, २०७९

मिडियाबाजी डटकम काठमाण्डौं।ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

गएराति ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित सडकमा रोकिराखेको बागमती प्रदेश ०१-००५ ख ९४७५ नम्बरको ट्रकमा बागमती प्रदेश ०२-००७ प ८६३८ नम्बरको स्कुटर ठोक्किएको थियो। 

दुर्घटना हुँदा स्कुटर चालक गोदावरी नगरपालिका-५ लेले घर भई हाल नख्खु बस्ने २० वर्षीय सुरेश मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर