मिडियाबाजी डटकम काठमाडौं ,आषाढ २०। प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले अध्यक्ष ओलीले आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने जानकारी दिए ।
सम्बोधनका लागि समय माग गरिएको छ, समसामयिक विषयमा धारणा राख्नुहुनेछ’, नेम्वाङको भनाई छ । एमालेले महंगी, भ्रष्टाचार, मल अभावका विषयमा सरकारको विरोध गर्दै आएको छ ।