मिडियाबाजी डटकम काठमाडौं,आषाढ १९।भन्सार विभागको पछिल्लो विवरणअनुसार हाम्रै गाउँघरमा पाइने बाँस प्रयोग गरेर बनाउन सकिने दाँत कोट्याउने सिन्काको आयातमा समेत मोटो रकम विदेशिएको छ।
देशभित्रै सामान्य रूपमा उत्पादन गर्न सकिने ‘टुथपिक’ आर्थात् दाँत कोट्याउने सिन्का समेत करोडौँको आयात हुने गरेको छ । विभागको विवरणअनुसार चालु आवको ११ महिना मात्रै कूल ८४ हजार ३८७ किलोग्राम बराबरको टुथपिक आयात भएको छ। त्यसका लागि मात्रै रु दुई करोड ५३ लाख ५२ हजार बराबरको रकम विदेशिएको छ ।