आईजीपी नियुक्ति विरुद्धको रिटमा सिंहको तर्फबाट १८ जना वकिलहरूको बहस

  असार १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,आषाढ १९।आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । आइतबार आईजीपी धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका थिए ।बहस गरेपछि आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ ।

आइतबार प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त विरुद्ध एआईजीपी विश्वराज पोखरेलले मुद्दाको सुनुवाइ सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलासमा हुँदै आएको छ । कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की नेतृत्वको इजलासमा सो मुद्दा आइतबार चौथो पटक सुनुवाइ भएको हो ।

संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर