मिडियाबाजी डटकम काठमाडौं, आषाढ १२ । काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको थियो । अनुसन्धानका लागि दुई वटै बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बेलुकी अन्दाजी ७ बजे भएको दुर्घटनामा दुतराजको मृत्यु उपचारको क्रममा करिब रातको १२ :३० बजे शहिद मेमोरियल अस्पताल कलंकीमा भएको हो ।