कलंकीमा एक महिलाको ढुंगा हानी हत्या

  असार ११, २०७९

मिडियाबाजी डटकम काठमाडौं, आषाढ ११। काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ। शनिबार एक महिलाको हत्या भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले मिडियाबाजीलाई‌ जानकारी दिए।

उनीमाथि ढुंगाले हिर्काएर हत्या भएको हो। प्रहरीले हत्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर