मिडियाबाजी डटकम काठमाडौं,आषाढ १०। धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ । सभाले विभिन्न पाँच शिर्षकमा आगामी आर्थिक वर्षको लागि ९२२८११००० ( बयानब्बे करोड अठ्ठाइस लाख एघार हजार) रुपैँयाको कुल बजेट विनियोजन गरेको छ ।
जसअन्तर्गत सबैभन्दा धेरै बजेट पूर्वाधार विकासमा ३९३६१६००० (उनन्चालिस करोड छत्तीस लाख सोह्र हजार) विनियोजन गरेको छ भने सबैभन्दा कम बजेट कार्यलय सञ्चालन तथा प्रशासनिक बिषयमा ९५०००००० ( नौ करोड पचास लाख) विनियोजन गरेको छ।