काठमाडौं : पुँजी बजार विकास तथा सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाको स्वस्थ्य अवस्थामा समस्या आएपछि अहिले अस्पताल लगिएको छ । कोइरालाको स्वस्थ्य अवस्था बुझ्न अनसन स्थलमा गएका डाक्टरको सल्लाहअनुसार उनलाई पाटन हस्पिटल लगिएको हो ।
विगत ७ दिनदेखि आमरण अनसनमा बसेका कोइरालाको स्वस्थ्य अवस्था पछिल्लो समय बिग्रदै गएको छ । उनको प्रेसर र सुगरको मात्रा सामान्य नरहेकाले किड्नी फेल हुनसक्ने सम्भावना रहेको डाक्टरले बताउँदै आएका छन् ।