सर्वोच्चको आदेश जग्गा बन्धकी राखेर ऋण लिन नमिल्ने निर्णय अहिले कार्यन्वयन नगर्नु

  असार ०६, २०७९

मिडियाबाजी डटकम आषाढ ६ , काठमाडौं । सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भूउपयोग नियमावली अनुसार जग्गाको बर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।

उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । जग्गाको बर्गीकरण गर्ने आधारको रुपमा रहेको भू – उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण नभइसकेको र अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्न जाने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ । सर्वोच्च अदालतको यो आदेशसँगै अब जग्गा जमिन धितो बन्धक राखेर ऋण लिन बाटो खुलेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर