काठमाडौंमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो

  जेठ ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं। काठमाडौंको कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । गएराति ना ५ ख २९ १९ नम्बरको ट्रकको ठक्करबाट बा ७१ प ३०५४ नम्बरको मोटरसाइकलको पछाडि बस्ने पाँचथरको मिक्लाजुङ-५ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा १० बजे ज्यान गएको हो । दुर्घटना राती पौने १० बजे भएको थियो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर