मिडियाबाजी डटकम काठमाण्डाैं । पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान करिब ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ ।
तारा एयरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा चालकसहित १९ जना यात्रु रहेका बुझिए पनि थप जानकारी आउन भने बाँकी नै छ ।