विप्लवको पार्टीले जित्यो १ वडा अध्यक्ष र ४ सदस्य

  जेठ ०५, २०७९

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा जाने/नजाने नीति लिएर सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरे। चुनावमा उत्साहित हुँदै गएको विप्लव समूह भने एक वडा अध्यक्षसहित चार वडा सदस्यमा मात्रै सिमित भएको छ। रोल्पाका ९ स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारीसहित अधिकांश वडामा उम्मेदवारी दिएको थियो।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृह जिल्ला कालिकोटका ९ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा उम्मेदवारी दिएको थियो। अरु लुम्बिनी,कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा उम्मेदवारी दिएका थिए। तर, अन्तिममा कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ अध्यक्ष मानबहादुर सहकारीले मात्रै जितेका छन् । प्रकाण्डको गृह पालिका अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले जितेका छन्।

उनको वडा नम्बर ६ अध्यक्ष माओवादी केन्द्रले जितेको छ। स्थानीय चुनाव जिताउन १५ दिन कालिकोटमै बसेका प्रकाण्ड अन्तमा एक वडा अध्यक्ष मात्रै जिताउन सफल भएका छन्। अरु पालिकामा वडा सदस्य समेत जिताउन सकेनन्। यस्तै रोल्पाको गंगादेव गाउँपालिकामा चारजना वडा सदस्य विप्लव समूहकाले जितेका छन्। जसमा रामबहादुर डाँगी, शालिकराम पुन, बमकुमारी खत्री र तुलसी कामीले जितेकी छन्। अध्यक्षमा चूडामणि ओली र उपाध्यक्षमा सुशीला ओलीले उम्मेदवारी दिएका थिए। उनीहरु चौथो भएर पराजित भएका छन्। यस्तै रोल्पाका अन्य ९ स्थानीय तहमा विप्लव समूह शून्य भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर