तनहुँको व्यासमा स्वतन्त्र उम्मेदवारकै अग्रता

  जेठ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं।तनहुँको व्यास नगरपालिकामा अहिले मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार ४५७५ मतगणना हुँदा स्वतन्त्रबाट (कैंची) मेयरका उम्मेदवार दीपकराज जोशीले २०५५ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपानेले १४३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेका उम्मेदवार वसुन्धरा घर्तीले १६०२ मत प्राप्त गरेका छन् भने काँग्रेसका इन्दिरा दरैले १६६४ मत प्राप्त गरेकी छन् । – रातोपाटी डटकमबाट

तपाईंको प्रतिक्रिया

थप खबर