अरुण चौथो जलविद्युत बनाउने विषयमा नेकपा एमाले नेता भिम रावलले उठाए प्रश्न

  जेठ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं। नेपाल विद्युत प्राधिकरणले अरुण चौथो जलविद्युत आयोजना बनाउने जिम्मेवारी भारतलाई दिएपछि नेकपा एमालेका नेता भिम रावलले प्रश्न उठाएका छन् । उनले आज विनियोजन विधेयकको दोस्रो छलफल सभामा बोल्दै अरुण चौथोमाथि भएको निर्णयबारे प्रश्न गरेका हुन् ।

उनले भने, ‘नेपाल सरकारले अरुण चौथोको निर्माण गर्न विद्युत प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । र, प्राधिकरणले भारत सरकारलाई सेयर बिक्री गर्ने निर्णय गरेको छ ।’ यसमा सरकारको कुनै औपचारिक निर्णय विना कसरी काम भए/नभएको बारे उनले जानकारी समेत मागेका छन् ।
‘एकातर्फ देशले ३२ रुपैयाँ प्रतियुनिटसम्म विद्युत खरिद गर्ने र देशमा विद्युत बढी भइरहेको हल्ला फैलाउँदै देशका नदीनाला विदेशीको हातमा सुम्पिने निर्णय विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको भेटिएन,’ उनले भने, ‘आगामी बजेटमा राष्ट्रको हित र स्वार्थका लागि काम गर्ने कुनै योजना छैन । बरु कोसी/गण्डकीकै नियति मुलुकले फेरि भोग्नुपर्ने स्थिती देखिएको छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर