त्रिभुवन विश्वविद्यालयले दियो बर्षे विदा

  बैशाख १५, २०७९

१५ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे विदा दिएको छ ।त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो ।
विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्‍याम्पसहरुको हकमा सम्बन्धित अध्‍ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्‍य क्‍याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरुको नियमित परीक्षा भने यथावत सञ्‍चालन गर्ने सूचनामा उल्लेख छ |

तपाईंको प्रतिक्रिया

थप खबर