काठमाडौँ, उपत्यका खानेपानी लिमिटेडले पानी वितरणका लागि आवश्यक तयारी पूरा गरेको छ । मेलम्चीको पानी आइतबार बिहानसम्ममा महाँकाल चौरमा पानी आइपुग्ने बताइएको छ । गत वर्षको अनुभवका आधारमा पानी वितरण गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।उनका अनुसार गत वर्ष वितरण हुन नसकेका ठाउँमा पानी वितरण गरिनेछ |
उनले भने, “अघिल्लो वर्ष के–कारणले ती ठाउँमा पानी नपुगेको हो, त्यो हेरेर त्यसको समाधान गरिनेछ ।” अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण गर्न लागिएको लिमिटेडले जनाएको छ । पुरानो पाइपबाट पानी वितरण गर्दा नयाँ पाइप भने परीक्षण हुने प्रमुख कार्यकारी निर्देशक शाक्यले बताए । सरकारले वि.सं २०७६ फाल्गुनमा पानी श्थान्तरण गरेको थियो । गत वर्ष असारमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बाढीका कारणले क्षतिग्रस्त बन्दा कोही पनि आयोजनास्थल पुगेका थिएनन् । केही महिना पहिले सडक मर्मत गरेर आयोजनाका संरचना खुलाइएपछि हाल पानी काठमाडौँ ल्याइएको हो |