राजा हटाएर नारायणहिटीमा कसले व्यापार गर्न खोज्यो ? : राप्रपा अध्यक्ष लिङ्देन

  चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न र लुट मच्चाउन खोजिएको बताएका छन् । आज संसद बैठकलाई सम्बोधन गर्दै लिङ्देनले ठूला भनिएका दलका नेताको शब्दजाल र मिथ्या कुरा अहिलेको पुस्ताले नमान्ने बताए ।

‘सबै कुराको जवाफ दिन मसँग समय छैन । मेरा मित्रलाई भन्छु– कथाले, शब्द जालले अहिलेको पुस्ता मान्नेवाला छैन । मिथ्या इतिहासले युवाहरूले मान्नेवाला छैन । अहिलेको डिजिटल दुनियाँमा,’ उनले भने, तपाईले राजा हटाएपछि नारायणहिटीमा कसले व्यापार गर्न खोज्यो रु गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउनु भयो ।’

‘तपाईका कीर्ते कुरा म भन्दा पछिल्लो पुस्ताले मान्दैन । विकास निर्माणको खर्च कति तपाईंको पेट भर्न गयो भन्ने हिसाब चाहियो,’ उनले भने, ‘एयरपोर्ट बनाएको कुरा राम्ररी हेरेको छ । नेपाली जनतालाई भुटानी शर्णार्थी बनाएर बेचेको हेरिरहेको छ ।’

सम्बोधनमा उनले बेलायतमा राजा फालेर फेरि स्थापित भएको उदाहरण पनि पेस गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर