पूर्वराजालाई दिएको सबै सुविधा राज्यले खोस्नु पर्छ : योगेश भट्टराई

  चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएको सेवा सुविधा राज्यले खोस्नुपर्ने माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले यस्तो माग गरेका हुन् ।

पूर्वराजाले सम्झौता भंग गरिसकेकाले राज्यले उनलाई पूर्व राष्ट्राध्यक्षका रूपमा दिएको सेवा सुविधा दिन नहुने बताए। चैत १५ गते काठमाडौँमा भएको प्रदर्शनमार्फत शाहले सम्झौता भंग गरेको उनको दाबी छ । सांसद भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएका टिप्प्णी गरेका छन् ।

उनले भने भने, ‘पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनु भयो । उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्व राष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो । त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो । अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन। सोच्नु पर्छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर